काठमाडौं । काठमाडौंस्थित सिभिल सर्भिस अस्पताललाई चीनले अत्याधुनिक नेत्र उपचार उपकरण सहयोग गरेको छ । जसले नेपाली बिरामीको आँखासम्बन्धी उपचारमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । चीनले पठाएको नेत्र उपकरण र सामाग्रीपछि चीन–नेपाल “लाइफलाइन एक्सप्रेस“ दृष्टिविहीनता निवारण सहयोग केन्द्रमार्फत बिरामीहरूले सहज र द्रुत सेवा पाउन थालेका छन् । 'पहिले आँखा जाँच गर्न धेरै समय…