काठमाडौं । रूस र युक्रेनबीच जारी युद्धमा दुबै पक्षले द्वन्द्वको रणनीतिलाई नयाँ मोड दिएका छन् । रूसले युक्रेनका विभिन्न सैन्य पूर्वाधार र औद्योगिक लक्ष्यहरूमा ठूला आक्रमण गरेको घोषणा गरेको छ भने युक्रेनले प्रतिकारस्वरूप रूसको महत्वपूर्ण तेल पूर्वाधारलाई ड्रोनमार्फत प्रहार गरेको दाबी गरेको छ । रूसी रक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा डिनिप्रोपेट्रोभस्क क्षेत्रमा पर्ने खरोशेये…