काठमाडौं । देशभर फैलिएको भ्रष्टाचार, कानुनी शासनको उपेक्षा, सामाजिक सञ्जालमाथिको अंकुश तथा अभिव्यक्ति स्वतन्त्रताको दमनका विरुद्ध युवा पुस्ता ‘जेनजी’ले आयोजना गरेको विरोध प्रदर्शनमा सरकारले गरेको ‘बर्बर दमन’को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा शब्दमा निन्दा गरेको छ । पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो चरणमै सरकारले गरेको…