काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहमा उनले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको भन्दै राष्ट्रको सेवा पनि युवाको कर्तव्य भएको बताए । उनले युवाको नेतृत्व विकास, नैतिक आचरण र…