नेपालगन्ज । विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई नेपालगन्ज आइपुगेका छन् । धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगन्ज आएका हुन् । धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरे । धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ…