काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) भित्र्याएर सुन तस्करी गर्न खोजिएको प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान मंगलबार जिल्ला अदालत काठमाडौंमा सकिएको छ। अदालतले अब भोलि (बुधवार) उनको थुनछेक बहस हुने जनाएको छ। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, अभियोजनपछिको प्रक्रिया अन्तर्गत आज महराको बयान लिइएको हो। सुन तस्करीमा संलग्न चिनियाँ…