रामेछाप । रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा हरेक सोमबार निःशुल्क होलबडी चेकअप (पूर्ण शरीर स्वास्थ्य परीक्षण) कार्यक्रम सञ्चालन हुने गरेको छ । वाग्मती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ अन्तर्गत सञ्चालित यो सेवा प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा परेको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । उनका अनुसार सोमबारको निःशुल्क स्वास्थ्य परीक्षणमा…