मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही फागुन २९ मा थाहानगर आउने भएका छन् । थाहा नगरपालिकामा आयोजना हुन लागेको राप्रपा थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई उद्घाटन गर्न राप्रपाका प्रवक्ता शाहीसहित केन्द्रिय नेता तथा मकवानपुरका सांसद दिपक बहादुर सिंह थाहा नगरपालिका आउने कार्यक्रम रहेको राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङले जानकारी दिए…