काठमाडौं । काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरमा रहेको एक इन्टेरियर गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ। आइतबार दिउँसो आगो लागेको सो गोदाम आर्ट्स इन्टरनेसनल प्रालिको रहेको थियो। आगलागीका कारण गोदाममा रहेको फर्निचर, सजावटका सामग्री, विद्युतीय उपकरण र प्लाइवुडजस्ता सामग्री जलेर पूर्ण रुपमा नष्ट भएका छन्। आगलागीको प्रभावले आसपासका केही अन्य घरमा पनि सामान्य क्षति पुगेको बताइएको…