Logo

तीन सचिवको सरुवा, दंगाल गृह सचिवमा नियुक्त

काठमाडौं — सरकारले तीन सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिवमा नियुक्त गरेको हो। गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिव बनाइएको छ। गोकर्णमणी दुवाडी आगामी मंसिरमा अनिवार्य अवकाशमा जाँदै छन्।