रौतहट । नेपालीको महान चाड बडादशैँ आजदेखि सुरु भएको छ । यस अवसरमा रौतहटको विभिन्न स्थानमा कलश शोभा यात्रा निकालिएको छ । शिवनगर चोकस्थित रहेको माता दुर्गा भगवतीको मन्दिरमा कलश स्थापना गरिएको हो । श्रद्वालु भक्तजनहरुले बिहानै दुर्गा मन्दिरमा पूजापाठ गरेपछि हजारौंको सङ्ख्यामा महिला, युवती, कुमारी कन्याहरुद्वारा कलश यात्रा निकालिएको शिवनगरका युवा करण मिश्रले बताए…