काठमाडौं । सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन् । सरकारले रेडियोग्राफी पेशाको पक्षमा ल्याएको नीति स्वीकार्य नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले रेडियोग्राफी पेशाको पक्षमा स्वास्थ्य मन्त्रालयले…