काठमाडौं । फुटबल खेलाडी लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सन्न्यान लिने घोषणा गरेका छन् ।
सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका तथा सन् २०१४ र सन् २०२६ को विश्वकपको फाइनलसम्म पुर्याएका कप्तान मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट बिदा हुने घोषणा सोमबार इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् ।
३९ वर्षीय मेस्सीले आफ्नो निर्णय निकै पीडादायी भएको बताएका छन् । मेस्सीले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैं शतप्रतिशत दिएको दाबी गरेका छन् ।
आफ्नो प्रदर्शनमार्फत अर्जेन्टिनी समर्थकलाई खुसी र देशप्रति गर्व गर्ने अवसर दिन आफूले निरन्तर प्रयास गरेको पनि मेस्सीले बताएका छन् ।
उनको यो निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सी युगको औपचारिक अन्त्य भएको छ।








प्रतिक्रिया