काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्ने तयारी गरेका छन् । यी प्रदर्शनहरूलाई ध्यानमा राख्दै सरकार र स्थानीय प्रशासनले उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई विरोध प्रदर्शनको सुरक्षा व्यवस्थापनलाई संयुक्त सुरक्षा…