काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बिदा गर्न आग्रह गरेका छन्। शनिबार मंसिर ६ गते काठमाडौंको भृकुटीमण्डपमा वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभामा ओलीले केही ‘जेनजी’ समूहले राष्ट्रपति समक्ष सरकार हटाउन माग गरेको दाबी गर्दै सोही आधारमा राष्ट्रपति कदम चाल्नुपर्ने बताएका छन्। ओलीका अनुसार…