काठमाडौं – नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन शुक्रबार उनले यस्तो माग राखेकी हुन्। तिम्सिनाले देशको राजनीतिक गतिरोध अन्त्य गर्न ओलीको राजीनामा आवश्यक रहेको बताउँदै, अहिलेको संरचना लिएर न चुनावमा जान सकिने न आन्दोलन…