रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले बालमैत्री शासन सञ्चालन भएको गाउँपालिका बनाउने तयारी थालेको छ । उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्ममा बालमैत्री स्थानीय शासन सञ्चालन भएको गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारीलगायत गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको उपस्थितिमा सो प्रतिबद्धता व्यक्त गरिएको…