काठमाडौं । डायनामिक स्काउट क्रियुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । सोमबार डायनामिक स्मारिका विमोचन समारोहको आयोजना गर्दै स्काउट क्रियुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको हो ।उक्त डायनामिक स्मारिका विमोचन समारोहमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरेले डायनामिक क््रयुले समाज र राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने गरेको बताएका छन् । उनले अहिलेसम्म…