सुर्खेत । रुकुम पश्चिमको बाँफिकोटमा जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । दुर्घटनामा पाँचको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिकाको झारमारे लेकमा…