जनकपुर । धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेका छन् । हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा…