काठमाडौं । नेकपा एमालेका सांसद गोर्कण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसावले अगाडि बढ्न जरुरी रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा…