काठमाडौँ — नेपाल प्रहरीले भारतबाट खैरो हिरोइन ल्याई काठमाडौँलाई केन्द्र बनाएर बिक्री गर्दै आएका चार जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेका मध्ये सप्तरी, राजविराजका ३९ वर्षीय रविआनन्द देवको काठमाडौँ महानगरपालिका–१३, पनेरुगाउँस्थित कोठाबाट २७२ ग्राम खैरो हिरोइन बरामद गरिएको…