ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध चलिरहेको मुद्दाको फैसला आज सुनाइने भएकाले बंगलादेशमा सुरक्षा कडा पारिएको छ। गत वर्षको हिंसात्मक विद्यार्थी आन्दोलनपछि १५ वर्षे शासन अन्त्य भई हसिना भारतमा निर्वासित अवस्थामा रहेकी छन्। विशेष न्यायाधिकरणमा जारी मुद्दामा अभियोजन पक्षले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेको छ। तेस्रो अभियुक्त, पूर्व प्रहरी प्रमुख, राज्यका…