काठमाडौं । पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् । आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् । उनले आफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन पठाएको र आफूले निष्ठापूर्वक काम गरेर फर्किँदा काममा बन्देज लगाइएको भन्दै आफूले उठाउँदै गरेको आवाज आफ्नो लागि मात्र नभएको…