मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बिहानैदेखि सेवाग्राहीको ठूलो भीड लागेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको संख्या बढेपछि कार्यालय परिसर भरिभराउ भएको हो । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार दैनिक सेवाग्राहीको चाप पछिल्ला केही दिनयता निकै बढेको छ। ‘राष्ट्रिय परिचयपत्र नवीकरण र नयाँ कार्ड बनाउन आउनेको संख्या असाध्यै धेरै छ।…