काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट भने अहिलेसम्म दर्ता भएको छैन। सर्वोच्च प्रशासनले रिटमा अध्ययन भइरहेको भन्दै दर्ता प्रक्रियालाई स्थगित राखेको जनाएको छ। रिटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना, दूरसञ्चार प्राधिकरणमार्फत पठाइएको निर्देशन पत्र र इन्टरनेट…