काठमाडौं — नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले आगामी प्रतिनिधिसभा चुनावपछि मात्र पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको भेलामा ९१ जना केन्द्रीय सदस्य उपस्थित रहे। केन्द्रीय सदस्य किरण पौडेलका अनुसार पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराइसकेकाले अब आयोगको कार्यतालिका अनुसार काम गर्नुपर्ने बाध्यताले महाधिवेशन चुनावपछि सारिएको हो। उनका अनुसार विधानको…