Logo

‘सरकारले सदनप्रति देखाएको अनुत्तरदायी व्यवहारले लज्जावोध भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले लज्जावोध भइरहेको बताएकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आज भन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाइन् ।…