काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको संख्या आठ पुगेको छ। आइतबारदेखि मण्डनदेउपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आधारभूत अस्पतालले स्वास्थ्य बीमाअन्तर्गत प्रथम सेवा प्रदान गर्न थालेसँगै जिल्लामा सेवा विस्तार भएको हो। उक्त अस्पतालले गत साउनको अन्त्यतिर स्वास्थ्य बीमा बोर्डमा आवद्ध भई प्रथम सेवा केन्द्रका रूपमा स्वीकृति पाएको थियो। सेवाको औपचारिक उद्घाटन बागमती…