Logo

प्रा.डा. वीणा पौड्याललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गर्ने निर्णय

काठमाडौं । नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रा.डा. वीणा पौड्याललाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गरिने भएको छ। लीलाध्वज थापा साहित्य प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै पौड्याललाई सम्मान गर्ने निर्णय गरेको जनाएको छ। प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाका अनुसार सम्मानको रूपमा प्रा.डा. पौड्याललाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ।…