काठमाडौं। म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले पुस २६ गते (जनवरी १०) काठमाडौंमा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्ट बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फाम हाउसमा हुनेछ। ‘कुटुम्ब लाइभ म्युजिक’ नाम दिइएको कन्सर्ट साँझ ५ बजेबाट सुरु हुने आयोजकले जनाएको छ। आयोजक तथा २९ रिसोर्ट एन्ड फाम हाउसका सञ्चालकमध्येका दिमेश श्रेष्ठका अनुसार कन्सर्टको टिकट मूल्य…