काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परीक्षा पास गरिसकेका विद्यार्थीहरूलाई अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद गौतमले जापान जाने विद्यार्थीले भिसा पाइसकेको अवस्थामा पनि परीक्षा दिन लगाइएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । अधिकारवादीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेको बताउँदै उनले…