अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा विद्यार्थी सवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु२च ५१७९ नम्बरको जीप भूमिकास्थान–७ छिर्लिङ खोलानजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा जीप चालक धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढामगरको घटनास्थलमै मृत्यु भएको छ…