रौतहट । अविरल वर्षका कारण रौतहटको बागमती र लालबकैया नदीमा जल सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ । यहाँको मुख्य नदी पूर्वी भागमा बागमती र पश्चिमी भागमा लालबकैया नदीले साधारण जलसतह पार गरेकाले नदी किनारका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ । आजदेखि असोज २० गतेसम्म देशभर माध्यम देखि भारी र…