काठमाडौं । प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनाको कम्तिमा १ हजार कित्ता प्राथमिक शेयर उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सार्दै कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । ‘१ हजार कित्ता शेयर अभियान’ नाम दिइएको उक्त योजनाअन्तर्गत देशका सम्पूर्ण घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने लक्ष्य राखिएको बताइएको छ…