काठमाडौं । आइसीसी टी २० महिला विश्वकपमा न्युजिल्याण्ड विजयी भएको छ । युएईमा जारी प्रतियोगितामा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६० रन बनाएको थियो । बेट्सले २४ बलमा २७ रन बनाएपछि आउट भइन् भने प्लिमरले पनि ३४ रन बनाएर फर्किइन् ।…