रौतहट । धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज (मङ्गलबार) दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो । यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।…