कुनै पनि विमति हुन सक्दैन, नेपाली काँग्रेसका संस्थापक नेता महामानव बीपी कोइराला काँग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष थिए र रहनेछन् । उनी यथास्थितिवादी राजनीतिका एक यथास्थितिवादी नेता थिएनन, बरु देश, काल, परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुसार आफूलाई परिमार्जित गर्ने एक युगान्तकारी व्यक्तित्व थिए । सोसलिस्ट इन्टरनेशनलसमेतलाई वैचारिक नेतृत्व प्रदान गर्ने हैसियत राख्ने बीपी…