बाजुरा । परम्परागत संस्कृतिको जगेर्ना गर्न बाजुरामा देउसी भैलो कार्यक्रम गरिएका छन् । यहाँका ९ वटै स्थानीय तहमा देउसी भलौ कार्यक्रम निरन्तर चलेका हुन् । तिहार पर्वको अर्को आकर्षकको रुपमा रहेको देउसी–भैलोलाई यहाँका स्थानीयले जगेर्ना गर्दै आएका छन् । स–साना बालबालिका देखि बुढापाखाहरु पनि देउसी भैलोमा रमाएका छन् । यहाँका हरेक क्लव,किशोरी समूह,बाल समूह,विभिन्न विद्यालयहरुले…