काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बकर इदले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इद (ईद–उल) का अवसरमा शुभकामना दिँदै उनले विविध धर्म, संस्कृति र परम्पराले सम्पन्न नेपालमा यस्ता पर्वहरूले राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताए । राष्ट्रपति पौडेलले…