काठमाडौं । भगवान गौतम बुद्धको पवित्र पिपरहवा अवशेषहरु १२७ वर्षपछि इङ्गल्याण्डबाट भारत फिर्ता भएको छ । राष्ट्रिय गौरव र आध्यात्मिक महत्वको अवशेष फिर्तासँगै भारत सरकारले त्यसको स्वागत गरेको छ । भारत सरकारका संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले यसलाई ‘ऐतिहासिक र गहिरो भावनात्मक क्षण’ भनेका छन् । ‘सांस्कृतिक रूपमा, आज हाम्रो लागि धेरै महत्त्वपूर्ण दिन हो…