काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफूहरू न्यायालयप्रति भएका आलोचनालाई सकारात्मक रूपमा लिने बताउँदै अदालतको कामकारबाहीमा निहित तथ्यहरूमाथि मात्रै टिकाटिप्पणी हुनुपर्ने बताएका छन् । ‘सर्वोच्च अदालतमा मुद्दा बक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले व्यक्तिको मूल्यांकन काम नगरिकनै गरिनु गलत प्रवृत्ति भएको उल्लेख गरे ।‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै…