काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंको बूढानीलकण्ठमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ, जुन उक्त अवधिको देशकै सबैभन्दा बढी वर्षा हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो ‘भारी वर्षा’ श्रेणीमा पर्छ । महाशाखाले रुकुम पश्चिम, कैलाली र दार्चुलामा पनि भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार ५० मिलिमिटरभन्दा बढी वर्षा भए ‘भारी वर्षा’ मानिन्छ…