काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनसँग सम्बन्धित कानुनहरु छिटोभन्दा छिटो बनाउनुपर्छ भन्ने मान्यतामा दुवै पार्टीहरु प्रतिबद्ध रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ऐनहरु बन्न नसक्दा धेरै समस्याहरु आइरहेको भन्दै दुई दल मिलेर बनेको सरकारले कानून बनाउने, संयन्त्र बनाएर सहमति जुटाउने र कामलाई अगाडि बढाउने प्रक्रिया पनि अबलम्बन गरेको बताए…