विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण…