सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ । उक्त सडक निर्माण सुरु भएको १० वर्षमा जम्मा १८ किलोमिटरमा सडक निर्माण गरिएको छ । मुगु सदरमुकाम गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो दुरीको यो सडक नेपाल–भारत–चीनको त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्त्वपूर्ण…