रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ ।स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशबाट खटिएको अनुगमन टोलीले गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि हासिल गरेको हो ।अनुगमन टोलीमा स्रोत व्यक्ति डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल, न्यूनतम सेवा मापदण्ड फोकल पर्सन सुशील आचार्य…