काठमाडौं । एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मापदण्ड तय गरेको छ । काठमाडौंमा सम्पन्न भएको पार्टीको २०औं केन्द्रीय सचिवालय बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मापदण्ड तय गरेको हो । उम्मेदवार सिफारिस तथा छनोटको गर्दा सबैभन्दा पहिला पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको व्यक्ति हुनुपर्नेछ । त्यस्तै पार्टीमा योगदान…