काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ बजेका लागि पार्टी कार्यालयमा बोलाइएको हो । बैठकमा आगामी संघीय निर्वाचन र विभिन्न समसामायिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकले केन्द्रीय कमिटीको बैठक आव्हानका लागि मिति पनि तोक्ने बताइएको छ ।