खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् । बुधबार राती सार्जननिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन् ।…